नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा देशका गभर्नर? अनुसन्धान नगर्ने त सरकार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खोटाङ कार्यकर्ता एम अधिकारी हाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको छद्म नाम भएको दाबी पुष्टि हुनेतर्फ उन्मुख रहेको छ ।

 

पुराना अर्थ पत्रकार दिनेश आचार्यले हाल घनश्याम भुसालको संयोजकत्वमा गठन गरेको अर्थ योजना विभागमा राखिएको एम अधिकारी खोटाङ उल्लेख भएको नाम गभर्नर अधिकारी भएको दाबी गरेका हुन् ।

 

 

यस्तै उनले सामाजिक सञ्जाल ट्वीटरमा अर्को एउटा तस्बीर राख्दै यसअघि महाप्रसाद अधिकारीकै नाममा विभाग सदस्य राखिएको दाबी गरेका हुन् ।

यद्यपी उनै आचार्यको ट्वीटको गभर्नर अधिकारीले रिप्लाई दिँदै खण्डन गरेका छन् ।

नेकपा एमालेले विभिन्न विभागहरु गठन गरेको थियो। त्यसमध्ये भुसालको संयोजकत्वमा गठित अर्थ तथा योजना विभागको एकजना सदस्यमा ‘एम। अधिकारी खोटाङ’ नाम राखिएको थियो ।

गभर्नर अधिकारी खोटाङकै हुन्। उनी विगतमा पनि एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए ।

उनी नेपाल राष्ट्र बैंकमै रहँदा समेत एमालेका शीर्ष नेतासँग भेटघाटका लागि गैरीगाँउ नजिक रहेको एकजना बिचौलियाको कार्यालयमा धाउने गरेका थिए । उनले पार्टीका सार्वजनिक कार्यक्रममा उपस्थिती नजनाएपनि उनै बिचौलियाको निर्देशनमा पार्टी हित अनुकुल काम गर्दै आएकाे स्राेतकाे दाबी छ ।

उच्च सरकारी स्रोतका अनुसार हालका गभर्नर अधिकारीलाई सन् २०१३ देखि २०१७ सम्म चिनियाँ लगानी बिस्तारमा भरपुर प्रयोग गरिएको थियो ।

गभर्नर अधिकारी एमालेको विभागीय सदस्यमा नियुक्त भएकोमा अर्थ राजनीतिक विश्लेषक हरि रोकाले सामाजिक सञ्जालमा बधाई दिएका छन्। विश्लेषक रोका खोटाङकै बासिन्दा हुन् र उनले खोटाङमा लामो समय एमालेको राजनीति गरेको हुनाले उनले महाप्रसाद अधिकारीलाई राम्रोसँग चिन्दछन्।

यसअघि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीबाट सरकारलाई असहयोग भइरहेको आरोप लगाएका थिए। गर्भनर अधिकारीले केपी ओलीको कुरा सुन्ने र एमालेबाट परिचालित हुने गरेको शर्माले आरोप लगाएका थिए।

यस्तै यो घटना सार्वजनिक भए लगत्तै देशको शेयर बजारमै पहिरो गएको छ । शेयर बजारका खेलाडी र बिश्लेषकहरुले यसको कारण यही एम अधिकारी प्रकरण रहेको दाबी गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर