एमाले र माओवादीको तल्लो कमिटीमा चिनियाँ चासो, जिल्ला नेताहरुलाई भेट्दै लिउ

वामपन्थी गठबन्धनलाई जोड दिँदै आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख लिउ चियानछाओले नेताहरुको छनोट र भेटघाटका लागि दिएको महत्वलाई चासोका साथ हेरिएको छ ।

प्रधानमम्त्री शेरबहादुर देउवा, पराष्ट्रमन्त्री नारायण खड्का र गगन थाापासहितसँग आइतबार भेटघाट गरेका लिउले सोमबार दिउँसो र मंगलबार पुरै कम्युनिष्ट नेताहरुसँग भेटघाट गरेर एकताको संभावना बारे छलफल गरेका छन् ।

नेपाल भ्रमणको क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललसँग छुट्टाछुट्टै भटेका थिए ।

मंगलबार ओली निवास बालकोटमा साढे ४ घण्टा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार ललितपुरमा दुई घण्टा बिताए। दाहालले सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजमा पनि उनी करिब दुई घण्टा बसेका थिए।

एकीकृत समाजवादीका नेतासँग पनि करिब एक घण्टा छलफल गरे। प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भने लिउले ४५/४५ मिनेट बिताए। कांग्रेसले आयोजना गरेको रात्रिभोजमा उनी साढे एक घण्टा सरिक भएका थिए।

सोमबार लिउले बीपी संग्रहालयमा एक घण्टा बिताएका थिए। चारदिने नेपाल भ्रमणमा एमाले, माओवादी र एकीकृत समाजवादीसँग करिब १० घण्टा समय खर्चिएका उनले प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री खड्का र कांग्रेस नेताहरूसँग गरी करिब ३ घण्टा छलफल गरे।

समयको हिसाबले उनले कम्युनिस्ट पार्टीका प्रमुखलाई बढी समय दिएर उनीहरूबीच सके एकता, सम्भव नभए ‘गठबन्धन’ गरेर जानु उचित हुने सुझाव दिएका छन्।

सुन्दरीजल पुगेर कांग्रेससँग पनि इन्गोज हुने संकेत गरेपनि नेपाल भ्रमण मुख्य रुपमा वामपन्थी शक्तिहरुबीच एकताकै लागि भएको देखिएको छ ।
भ्रमणको अन्तिम दिन प्रमुख लिउले एमाले र मा‌ओवादी केन्द्रका उपत्यकास्तरीय नेताहरुलाई भेट्दै छन् ।

एमालेको काठमाडौं जिल्ला कमिटीका पूर्व अध्यक्ष तथा सांसद कृष्ण राई र माओवादी केन्द्रकाे उपत्यकाका नेता उमेश स्थापितलाई छुट्टाछुट्टै भेट गर्दैछन् । राई विद्यार्थी राजनीतिबाट एमालेमा सक्रिय भएका हुन् । उनले विगतमा मदन भण्डारी फाउन्डेसनमा समेत काम गरेका छन् । उनी राष्ट्रपति बिद्यादेवी भण्डारी निकट रहेका छन् ।

राई काठमाडौं  क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य हुन् ।

यस्तै स्थापित माओवादी केन्द्रकाे पूर्व काठमाडौं कमाण्डर हुन् ।

लामो समयमा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष राई र नेवा मुक्ति मोर्चाका नेता रहेका स्थापितसँग प्रमुख लीउले तल्लो तहमा पार्टी सञ्चालन र वामपन्थी गठबन्धनको बारेमा तल्लो तहका कार्यकर्ताको धारणा बुझ्न लागेका हुन् ।

‘पार्टी कसरी सञ्चालन हुन्छ र तल्लो तहको कार्यकर्तामा गठबन्धनको बारेमा कस्तो धारणा छ भन्ने विषयमा भ्रमणमा रहेका चिनियाँ अधिकारीले चासो लिएको देखिन्छ’ चिनियाँ अधिकारीको भ्रमण बारे जानकार एक नेताले भने ।

चार दिने भ्रमणको क्रममा लिउ आइतबार काठमाडौंमा आएका हुन् । उनले बुधबार नै राष्ट्रपत विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै बुधवार राती उनी स्वदेश फिर्ता हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर