अपडेट: उपसभामुखको चुनाव असार ३१ गते हुने, संवैधानिक परिषदको गणपुरक संख्या पुर्‍याउने सरकारको तयारी

प्रतिनिधि सभाले रिक्त भएको साढे २ वर्षपछि उपसभामुख पाउने भएको छ । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका हुन् । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।

साउन पहिलो साता आमनिर्वाचनको मिति घोषणा गर्ने तयारीका बीच संवैधानिक परिषदको बैठकमा कोरम पुर्‍याउनका लागि उप सभामुखको निर्वाचन गर्न लागिएको हो । संविधानमा उप सभामुख संवैधानिक परिषदको सदस्य हुने व्यवस्था रहेको छ ।

तत्कालीन उप सभामुख शिवमाया तुम्वाहाङ्फेले २०७६ माघ ६ गते राजिनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो । संविधानमा सभामुख र उप सभामुख फरक लिंक र दलको हुनुपर्ने व्वस्था रहेको छ ।

२०७४ सालको आमनिर्वाचनपछि नेकपा मा‌ओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुख र एमालेकी तुम्वाहाङ्फे उप सभामुखमा निर्वाचित भएका थिए । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महरा राजिनामा दिन बाध्य भए।

त्यस समयसम्म एमाले र माओवादी केन्द्रबीच एकता भएसँगै महरा र तुम्वाहाङ्फे एउटै दलबाट नेकपाबाट निर्वाचित सांसद भएका थिए । नेकपाभित्र पनि पूर्व माओवादी समूहबाट अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय भएपछि तुम्वाहाङ्फेले उप सभामुख छाडेकी थिइन् ।

त्यस यता उप सभामुख पद रिक्त रहँदै आएको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर