नेपाली सेनाका यी ८५ लेफ्टिनेण्ट कर्णेल, मेजर र क्याप्टेन युएन मिशनका लागि अब्जर्भर र स्टाफ छनौट

नेपाली सेनाले संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मिशनका खटिने शान्ति सैनिकहरुका लागि सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरुको प्रारम्भीक सूची छनौट गरेको छ । शान्ति मिशनमा कार्तिक देखि चैत्रसम्म जाने टोलीहरुमा उनीहरुको नाम समावेश गरिएको हो ।

सेनाले यसरी नै छनौट पूर्वानुमान गर्ने गर्दछ ।

सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको सचिवालयले स्टाफ कलेज गरेका र नगरेका प्रमुख सेनानी ( लेफ्टिनेण्ट कर्णेल), सेनानी (मेजर) र सहसेनानी (क्याप्टेन) महिला तथा पुरुष गरि ८५ जनाको छनौट गरेको हो ।

यसरी छनौट हुनेमा स्टाफल कजेज गरेका २० र नगरेका १० लेफ्टिनेण्ट कर्णेल, मेजर १३ स्टाफ कलेज गरेका र नगरेका २२ तथा महिला मेजर १० र क्याप्टेन १० रहेका छन् ।

सैनिक सचिव सहायक रथी गौरवकुमार केसीद्धारा हस्ताक्षर भएको पत्रमा यसपटकको छनौटमा महिला सैनिक अधिकृतका हकमा मिशनबाट फर्केको एक वर्ष पुरा नभएपनि पूर्वानुमान सूचीमा समावेश गरिएको उल्लेख छ । यसको कारण संस्थागत आवश्यकता तथा युएनमा महिला सहभागिताको प्रशित उल्लेख गरिएको छ ।

यसरी छनौटगर्दा पहिलाकै सूचीलाई प्राथमिकतामा राखिएको छ । यस्तै सजाय पाएका तथा फैसला हुन बाँकीलाई सूचीमा समावेश गरिएको छैन् ।

हेराै‌ छनाैट गरिएका अधिकृतहरुकाे सूची:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर