श्रीलंकामा संकटकाल घोषणा, विक्रमासिंघे कार्यवाहक राष्ट्रपति

श्रीलंकाका राष्ट्रपति गोतटाबाया राजपाक्ष देश छाडेर भागेसँगै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघे बुधबार संकटकाल घोषणा गरेका हुन् ।

श्रीलंकाको संसदका सभामुखका अनुसार प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ ।

सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजापाक्षेले उनलाई श्रीलंकाको संविधानको धारा ३७.१ बमोजिम कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेका हुन् ।

पछिल्लो समय संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट सबै घोषणाहरू भइरहेका छन् ।

रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ भने पश्चिमी प्रान्तमा कफ्र्यु लगाइएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले संकटकाल लगाइएको जानकारी दिएका हुन् ।

संकटकालका बाबजुद प्रदर्शनकारीले भने प्रधानमन्त्रीले पनि आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन्। उनीहरुले प्रधानमन्त्री कार्यालयलाई पनि आफ्नो नियन्त्रणमा लिएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो तथा तस्बिरमा प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेको देख्न सकिन्छ।

बुधबार साँझसम्म प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा नआए संसदलगायतका सरकारी भवन पनि कब्जा गर्ने
धेरै प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया र प्रधानमन्त्री विक्रमासिङ्घेले साँझसम्म राजीनामा नगरे संसदलगायत सरकारी भवन कब्जा गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर