शान्ति बनाउन श्रीलंकाली सेनाको आग्रह, बुधबार राति श्रीलंकाभर कर्फ्यु

श्रीलंकाका कार्यवहाक राष्ट्रपति रनिल विक्रमासिंघेले देशको सेना तथा प्रहरीलाई देशभित्र देखिएको अवस्था सम्हाल्न आदेश दिएका छन् । विक्रमासिंघेले देशमा शान्ति वहाली गर्न आवश्यक कदम सेना तथा प्रहरीले उठाउनु पर्ने बताएका छन् ।

यसैबीच श्रीलंकाली सेनाले आम नागरिकमा सहयोगका लागि आग्रह गरेको छ ।
श्रीलंका अहिले गम्भीर आर्थिक तथा राजनीतिक संकटको सामाना गरिरहेको छ र राष्ट्रपति गोटबाया राजपक्षे बुधबार बिहानै देश छाडेर भागेका छन् । माल्दिभ्समा शरण लिएका राजपक्षे सिंगापुर जाने बताइएको छ ।
श्रीलंका सेनाका प्रमुख चिफ अफ डिसेन्फ स्टाफ जनरल शावेन्द्र सिल्वाले सेना र प्रहरीलाई सहयोग अपिल गरेका छन् ।
सिल्वाले राष्ट्रपति राजपक्षेले राजिनामा दिएको र नयाँ राष्ट्रपतिको नचुनुञ्जजेल सेना र प्रहरीलाई देशको सुरक्षा व्यवस्था र कानुन व्यवस्था बनाइराख्न सहयोगका लागि अपिल गरेका हुन् । सेना प्रमुखले सार्वजनिक सम्पत्तिलाई क्षति नपुर्‍याउन पनि आग्रह गरेका छन् ।

राष्ट्रपति राजपक्षेले देश छाडेर भागेपछि उनको स्थानमा प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवहाक राष्ट्रपति बनेका छन् । प्रदर्शनकारीले बुधबार प्रधानमन्त्री कार्यालय नियन्त्रणमा लिएका छन् ।  श्रीलंकाली सेनाले प्रदर्शनकारीहरुलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न रोक्न कुनै गम्भीर कदम नचालेको स्थानीय सञ्चार माध्यमहरुले जनाएको छ ।
यसैबीच कार्यवहाक राष्ट्रपति विक्रमासिंघले एक आदेश जारी गर्दै बुधबार राति १२ बजेदेखि बिहान ५ बजेसम्म देशभर कर्फ्युको घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर