चितवनका एसपी र दुई इन्स्पेक्टरलाई शान्तिमाला पदक

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापा तथा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रोशन थापा शान्तिमाला पदकद्वारा विभुषित भएका छन् ।

बागमती प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस २०७९ को अवसरमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरुलाई पदकद्वारा सम्मान गर्ने घोषणा गरे अनुसार बिहीबार उनीहरु सम्मानित भएका हुन् ।

प्रदेश सरकारले शान्ति तथा अमन चयन कायम गर्न उल्लेखनिय योगदान पुर्‍याएवापत प्रहरी अधिकृतहरुलाई शान्तिमाला पदकद्वारा विभुषित गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर