प्रचण्ड भारत भ्रमण आजबाट, आइतबार बिजेपी मुख्यालय जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३ दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का वरिष्ट अधिकारीको भ्रमण लगत्तै प्रचण्डको दिल्ली भ्रमण हुनका लागेकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री पत्नि आरजु देउवा पनि अहिले भारत भ्रमणमै रहेकी छिन् ।

आसन्न आमचुनावको मुखमा हुन लागेको प्रचण्डको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । भारतीय पक्ष  सत्तारुढ गठबन्धनको निरन्तरताको पक्षमा रहेका छन् ।

सत्ता गठबन्धनका प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली जान लागेका हुन् ।

भारतमा रहँदा प्रचण्डले विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनयमोहन क्वात्रासँग भेट गर्ने कार्यक्रम तय भएको छ । शुक्रबार प्रचण्ड भारत पुगे लगत्तै विदेश विभागका प्रमुख विजय चौथाइवालेले शिष्टाचार भेट्ने कार्यक्रम गर्ने छन् । चौथाईवालेसंगको भेटपछि उनको सरकारी भेटघाट हुने जानकारी गराइने छ ।

भ्रमणको तेस्रो दिन आईतवार बिहान प्रचण्ड मुख्यालय जाने कार्यक्रम तय भएको छ। भाजपा मुख्यालयमा प्रचण्डको स्वागत भाजपा अध्यक्ष जे पी नड्डाले गर्नेछन। भाजपाका केही शीर्ष नेताहरू समेतको उपस्थितिमा नड्डाले प्रचण्डलाई भाजपा नेतृत्वको मोदी सरकारले चलाएको लोकप्रिय जनमुखी कार्यक्रमहरू बारे जानकारी दिने छन।

भाजपाले सञ्चालन गरेको ‘नो बिजेपी’ अभियान अन्तर्गत प्रचण्डलाई भाजपा मुख्यालय निम्ताइएको हो। गत चैतमा भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा पनि बिजेपी मुख्यालय पुगेका थिए ।

त्यसैगरी भाजपा निकट रहेको इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा प्रचण्डलाई प्रवक्ता हुनेछन् । भारत भ्रमणको क्रममा प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम तय भैसकेको छैन ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेंट तय गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *