उपसभामुख चयन आज, कांग्रेसकी पुष्पा भुसालको जीत निश्चित

प्रतिनिधिसभाको उप सभामुख चयनका लागि शु्क्रबार अपरान्ह मतदान हुँदैछ । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र विपक्षी दल नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार दिएकी छिन् ।

तत्कालीन उप सभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजिनामा दिएपछि रिक्त रहेको सो पदका लागि आमनिर्वाचनअघि चयन हुन लागेको हो । संवैधानिक परिषदमा आफू अनुकुल निर्णय गराउन सहज बनाउन उप सभामुखको चयन गर्न लागिएको हो ।

उपसभामुख ६ सदस्यीय संवैधानिक परिषदको सदस्य हुने संवैधानिक व्यवस्था रहेको छ ।

संविधानले सभामुख र उप सभामुख फरक राजनीतिक दल र लिंगको हुनपर्ने व्यवस्था गरेको छ । हाल सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका सांसद हुन् । २०७४ को आमनिर्वाचन लगत्तै माओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुखमा र एमाले तुम्बाहाङ्फे उप सभाखुममा निर्वाचित भएका थिए ।

यौन दुर्व्यवहारको आरोप लगेपछि महराले राजिनामा दिएका थिए ।

उप सभामुखमा कांग्रेसकी भुसाल निर्वाचित हुने निश्चत जस्तो रहेको छ । एमालेले कांग्रेस, मा‌ओवादी केन्द्र र एकीकृत समाजवादी बाहेकका अन्य राजनीतिक दलहरुलाई उप सभामुख पदमा भट्टराईलाई सहयोग गर्न आग्रह गर्दै पत्र लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर