चुनाव चिन्ह गाई माग्दै कमल थापाले सर्वोच्च अदालतमा बहस गर्ने

चुनाव चिन्ह “गाई” माग्दै राप्रपा नेपालले बिहीबार सर्बोच्च अदालतमा दयार गरेको मुद्दामा शुक्रबार सुनुवाई हुँदैछ । राप्रपा नेपालको तर्फबाट अध्यक्ष कमल थापाले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । शुक्रबार हुने पेशीमा स्वयम बहस गर्न अध्यक्ष थापा सर्बोच्च अदालत जाने भएका छन् ।

बिहीबार ट्विट गर्दै थापाले यस विषयमा जानकारी दिएका हुन् । “संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले ‘गाई’ लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यस सम्बन्धी मुद्दाको भोलि (शुक्रबार) पेशी छ। म आफै वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ”  थापाले ट्विट गर्दै भनेका छन्

मंसिरमा भएको पार्टी महाधिवेशनमा पराजित भएपछि थापा राप्रपाबाट अलग्गिएका थिए । थापाले फागुनमा राप्रपा नेपाललाई व्युँउत्याएका हुन । राप्रपा नेपाललाई आयोगले तीर चुनाव चिन्ह दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर