नयाँ राजनीतिक दल खोल्दै बाबुराम, साथ दिन कार्यकर्तालाई आह्वान

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी गठनका लागि आह्वान गरेका छन् । शुक्रबार राति विज्ञप्ति जारी गर्दै भट्टराईले अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेपछि पार्टी पुनर्गठनको विकल्प नभएको बताएका छन् ।

‘हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौं’ भट्टराई विज्ञप्तिमा भनिएको छ,’यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।’

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादवले आफूसहित नेताहरुमाथि स्वेच्छाचारी शैलीका कारवाही गरेको बताएका छन्। ‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ’ भट्टराईले विज्ञप्तिमा भनेका छन् ।

वीरगञ्ज बुधबार र बिहीबार भएको जसपा केन्द्रीय कार्य समितिको बैठकले बाबुराम भट्टराईसहित ९ जना नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो । उनीहरुलाई दिँदै आएको जिम्मेवारी खोसिएको थियो । भट्टराई जसपाको संघिय परिषदको अध्यक्ष रहेका थिए । भट्टराईको स्थानमा अशोक राईलाई परिषदको अध्यक्ष बनाइएको छ ।

भट्टराईले मंगलबार र बुधबार राजधानीमा केन्द्रीय समितिको विस्तारित बैठक गरेका थिए ।  लामो समयदेखि यादव र भट्टराईबीच टकराव चल्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर