सशस्त्र प्रहरीका एसपी होमबहादुर ज्ञवाली कामू एसएसपीमा बढुवा

सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक (एसपी) होमबहादुर ज्ञवाली कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका छन् ।

असार २८ गतेको गृहमन्त्रीस्तरिय निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपालको साधारण समूह अन्तर्गतको लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) ज्ञवालीले कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय जानकारी दिएको छ ।

सशस्त्र प्रहरीको लेखा समूहका ज्ञवाली संगठनभित्र इमान्दार र उत्कृष्ट अधिकृतका रुपमा परिचय बनाएका अधिकृत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर