भारतमा राष्ट्रपति छान्न आज मतदान, द्रौपदी मुर्मू निर्वाचित हुने संभावना बलियो

भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । जसका लागि संसद तथा विभिन्न राज्यको विधानसभा सदस्यले मतदान गर्ने छन् ।

चुनावमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को तर्फबाट झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मू उम्मेदवार रहेकी छिन् ।

विपक्षी दलहरुले पूर्व मन्त्री यशवन्त सिन्हालाई उम्मेदवार बनाएका छन् । राष्ट्रपति चुनावका अहिलेसम्म अवस्थामा सत्ताधारी पक्षको स्पष्ट जीत रहेको छ ।

यस पटक कतिपय विपक्षी दलले समेत द्रौपदी मुर्मूलाई समर्थन गर्ने बताएका छन् । उनले सहज रुपमा दुई तिहाई मत प्राप्त गर्ने देखिन्छ ।
राष्ट्रपति चुनावका लागि संसदको दुवै सदन, प्रदेश विधानसभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली र केन्द्र प्रशासित पद्दुचेरीको निर्वाचित सदस्यले मतदान गर्ने छन् ।

भारतको १५ औं राष्ट्रपति निर्वाचनको परिणामको घोषणा बिहीबार हुने छ । द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भए उनी पहिलो आदिवासी राष्ट्रपति हुनेछिन् । त्यसैगरी राष्ट्रपति हुने दोस्री महिला हुनेछिन् ।

राष्ट्रपति चुनावपछि अगस्ट ६ मा उप राष्ट्रपतिको चुनाव हुनेछ । यसका लागि एनडिएले पश्चिम बंगालको राज्यपाल जगदीप धनखड र विपक्षी दलहरुले मार्गरेट अल्वालाई उम्मेदवार बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर