एआईजी विश्वराज पोखरेलले दिए पदबाट राजीनामा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले एआईजी पाेखरेलले आफै उपस्थित भएर राजीनामा पत्र बुझाएकाे बताए ।

‘उहाँ आउनु भएकाे रहेछ राजीनामा पत्र बुझाएर जानु भयाे,’ डीआईजी राईले भने ।

सर्वोच्च अदालतले  शुक्रबार मात्रै  एआईजी पोखरेलले प्रहरी महानिरीक्षक नियुक्तगर्ने सरकारको निर्णय बिरुद्ध दर्ता गराएकाे रिट निवेदन खारेज गरेको थियाे।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले एआईजी पोखरेलको रिट खारेज गरेको थियाे ।

आईजीपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो ।

उनी एआईजी पोखरेलकाे कार्यकाल उमेर हदका कारण १८ साउनमा सकिँदै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर