कामू एसएसपीमा बढुवा भएका ज्ञवालीले लगाए दर्ज्यानी चिन्ह

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मन्त्रीस्तरको असार २८ गतेको निर्णयले साधारण समुह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम भएका ज्ञवालीलाई बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालयसँग समन्वयका साथ अगाडी बढिरहेको बताए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर