सशस्त्र प्रहरीका १२ डीएसपीको एसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेका विभिन्न उपसमूहमा सशस्त्र नायब उपरीक्षकहरुलाई सशस्त्र उपरीक्षकमा बढुवा सिफारिस गरेको छ ।

सोमबार राती बसेको बलको बढुवा समिति सचिवालयले कानून, लेखा र प्राविधिक स्वास्थ्य समूह तर्फका डीएसपीहरुलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

एसपीमा बढुवा सिफारिस हुने डीएसपीहरुमा कानूनका छविलाल पाण्डे, लेखाका अर्जुन रोक्का, दयाराम शर्मा, राजेन्द्र श्रेष्ठ, ध्रुब केसी र सुरेश खतिवडा छन् ।

बढुवा समिति सचिवालयका सदस्य सचिव डीआईजी बिदुर खड्काले निकालेको सूचना अनुसार प्राविधिक स्वास्थ्य तर्फका ६ जना चिकित्सक डीएसपीहरु एसपीमा बढुवा सिफारिस भएका छन् ।

यसरी बढुवा सिफारिस हुने चिकित्सक डीएसपीहरुमा डा रामकृष्ण बराल, डा अमरेश ठाकुर, डा प्रभात रावल, डा रोशनकुमार झा, डा सुन्दर ढुङगाना र डा भरत चन्द रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर