कैलालीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीकाअनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा मंगलबार बिहान मृत्यु भएको होे ।

बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर