मानव बेचबिखन आरोपमा एक महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ पोखरीभञ्याङ गाउँपालिका–५ की ४० वर्षीया कल्पना महरा रहेको प्रहरीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीकाअनुसार भरतपुर महानगरपालिका–१ मा कल्पना होटल एण्ड गेष्ट हाउस सञ्चालन गर्दै आएकी महरालाई पक्राउ गरिएको हो । महराले २२ वर्षीया युवतीलाई ललाइफकाइ अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको आरोप छ ।

पक्राउ परेकी उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर