कर कार्यालयको नक्कली कर्मचारी बनेर रकम उठाउने दुई जना पक्राउ

उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी भन्दै कर संकलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ । उनीहरूले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिक रूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन् ।

रकम लिएपछि उनीहरुले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए ।

प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर संकलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर