नेपाली सेनाकी रुद्राक्षी बनिन् शान्ति मिशनमा सहभागी हुने पहिलो नेपाली महिला एमपीभी चालक

नेपाली सेनाकी सिपाही रुद्राक्षी कार्की नेपाली सेनाबाट शान्ति मिशनमा सहभागी हुने पहिलो महिला माइन प्रोटेक्टेट भेहिकल (एमपीभी) चालक बनेकी छन् ।

सैनिक परिवहनमा कार्यरत उनी युनिफिल मिशन लेवनानमा तैनाथ हुन जाने शान्ति सेना ६४ औं डफ्फामा एमपीभी सवारी चालकको रूपमा छनोट भएकी हुन् ।

२०५० साल चैत २८ गते गोरखाको आँपपीपल गाउँपालिका–५ आगेटारीमा बुबा रुद्रबहादुर कार्की र आमा मधुमाया कार्कीका सन्तानका रूपमा जन्मिएकी रुद्राक्षीले जनता उच्च माध्यमिक विद्यालय गोरखाबाट २०६५ सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन् ।

२०६९ असार १५ गते नेपाली सेनामा प्रवेश गरेकी उनी सैन्य तालिम केन्द्र त्रिशुलीमा सैन्य आधार तालिम लिएर सैनिक परिवहन गणमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *