जंगी अड्डास्थित सैनिक विशेष अदालतमा कामु प्रधानन्यायाधीश कार्कीको निरीक्षण

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् ।

सेनाको विशेष अदालतमा कानूनी उपचारमा ढिलाई हुने गरेको तथा विवाकका अधिकृतहरुबाट अनावश्यक दुख दिने गरेको विषय सतहमा आएका बेला कामू प्रधानन्यायाधीश कार्कीको निरीक्षण भ्रमण भएको हो ।

सेनाका अधिकृतदेखि जवानसम्मको मुद्दाको पेशी सर्ने, फैसला आउन ढिलाई हुने र कानूनतहः पाउने सुविधाबाट समेत बञ्चित गर्ने गरेको गुनासो उनीहरुले गर्ने गरेका छन् ।

कार्कीले असार २३ मा जंगीअड्डा, सभामण्पस्थित सैनिक विशेष अदालतको निरीक्षण गरेका हुन् । तर, यो विषय सर्वोच्च प्रशासन र सेनाले हालसम्म सार्वजनिक गरेको थिएन । यसपटकको सैनिक मुखपत्र सिपाहीको अंकमा यो विषय उल्लेख गरिएको छ ।

यसअघि कामू प्रधानन्यायाधीश दीपकराज जाेशीले २०७४ मा यसरी नै जंगीअड्डास्थित विशेष अदालतकाे निरीक्षण भ्रमण गरेका थिए ।

अदालत निरीक्षणमा पुगेका कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए । सो क्रममा कार्कीले विगतमा प्रधानन्याधीश तथा न्यायाधीशहरूबाट निर्देशन भएका विषयवस्तुको अवस्थाबारे राखेको जिज्ञासाका सेना प्राड विवाकका प्रमुख प्राड उपरथी रत्नप्रकाश थापाले जवाफ दिएका थिए ।

यस्तै सैनिक विशेष अदालतका अध्यक्ष कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनीले स्वगात मन्तव्य राखेका थिए भने अदालतका रजिष्ट्रार प्राड महासेनानी ओमबहादुर भट्टले सैनिक विशेष अदालतको गतिविधि सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।

उक्त अवसरमा सैनिक विशेष अदालतका सदस्य तथा रक्षा सचिव किरणराज शर्मा, सर्वोच्च अदालतका कामु मुख्य रजिष्ट्रार, रजिष्ट्रार, सहरजिष्ट्रार, सेना प्राड विवाकका प्राड सहायक रथी जीवनप्रसाद दाहाल, सैनिक अभियोजन निर्देशनालयका निर्देशक सहायक रथी इभिता थापा राणा, सर्वोच्च अदालतका उपरजिष्ट्रारहरू तथा अन्य अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *