सिभिल सहकारी ठगी प्रकरणः अध्यक्ष इच्छाराजकी श्रीमती पुतलीसडकबाट पक्राउ

प्रहरीले सिभिल सहकारी ठगी प्रकरणमा सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङकी श्रीमतीलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारीकी लेखा समिति सदस्य सिर्जना शाक्य (तामाङ) लाई मंगलबार पुतलीसडकबाट पक्राउ गरेको हो ।
लेखा समिति सदस्य रहेकी उनी बिरुद्ध काठमाडौं जिल्ला अदालतबाट २७ पुस २०७८ मा पक्राउ पूर्जी जारी भएको ब्यूरोले जनाएको छ ।

सहकारीले आकर्षक ब्याजदरको प्रलोभन देखाएर वचतकर्ताहरुले जम्मा गरेको पाँच अर्ब चौरासी करोड चालिस् लाख एक्काइस हजार सात सय तेह्र रुपैया दश पैसा ठगी गरेको कसूरमा मुद्दा अदालतमा बिचाराधिन छ ।

सहकारीबाट पीडित १५३० जनाले ब्युरोमा दिएको जाहेरीका आधारमा १७ मंसिर २०७८ मा संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङ् सहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी ब्यूरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दाको थुनछेक बहसमा तामाङ् र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा थुनामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर