समाजवादी केन्द्र बनाएर सीट र प्रधानमन्त्री सुरक्षित गर्ने प्रचण्डको रणनीति

पाँच दलीय सत्तारुढ गठबन्धनबीच आगामी चुनावमा तालमेल गर्न सहमति भएपनि सीट बाँडफाँटको रस्साकस्सी शुरु भएको छ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सोमबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले गठबन्धन कायम राख्दै एकल बहुमत ल्याउने औपचारिक निर्णय गरेको छ । तर गठबन्धनभित्रका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनभित्र सीटको बाँडफाँटअघि नै समाजवादी केन्द्र निर्माणको तयारीमा रहेका छन् ।

पाँचदलीय गठबन्धनभित्र रहेका कांग्रेसबाहेकका शक्ति र अन्य वाम शक्तिसमेत समेटेर समाजवादी केन्द्र बनाउने र सम्मानजनक सिट बाँडफाँड गर्ने उनीहरूको योजना छ। जसको गृहकार्य पनि शुरु भएको छ ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजादीका्यस माधवकुमार नेपाल र झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच नेकपाकालीन सचिवालय व्युउत्याउने निर्णय भएको छ ।

त्यसअघि प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग छुट्टै वार्ता गरेका थिए। भेटपछि प्रचण्डले पार्टीबाट अलग भएपनि भट्टराईले गठबन्धन नछाड्ने प्रतिवद्धता जनाएको बताएका छन् ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति आगामी चुनावपछि आफ्नोको समर्थन बिना कुनै पनि दललाई बहुमत पुग्न नसक्ने अवस्थामा सिर्जना गर्न चाहान्छन् ।

भारत भ्रमणबाट फर्किएका प्रचण्ड चुनावअघि नै कांग्रेससँग कम्तीमा आलोपालो सरकारको नेतृत्व विषयमा ठोस सहमति गर्न पक्षमा रहेका छन् ।

प्रचण्डको चाहना चुनाव लगत्तै सरकारको नेतृत्व गर्ने रहेको छ । नेपालको संविधान नै सरकार गठन भएको कम्तीमा २ वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नसक्ने व्यवस्था गरिएको छ ।

संघीय प्रतिनिधिसभामा रहेको १ सय ६५ सीट मध्ये कांग्रेस बाहेकका दलहरुले कम्तीमा ८५ स्थानको दावी शुरु गरेका छन् । कांग्रेसको जोड भने एक सय स्थानमा रहेको छ ।

वामपन्थी गठबन्धनलाई रोक्ने चाहानामा रहेको कांग्रेस स्थानीय चुनावमा जस्तै लचिलो रुपमा प्रस्तुत हुने संभावना रहेको नेताहरु बताउँछन् ।
सभापति देउवाको चाहानाअनुसार केन्द्रीय कार्य समितिले पनि आमचुनावमा पनि गठबन्धन कायम राख्ने निर्णय गरिसकेको छ ।

‘कांग्रेसभित्र गठबन्धन गर्नु हुँदैन भन्ने धारणा छैन नेताहरुले आफ्नो सीट सुरक्षित हुन्छ कि हुँदैन भन्ने चिन्ता प्रमुख रुपमा रहेको छ’ एक केन्द्रिय सदस्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर