कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मीन

नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । यादव पूर्वउपसभामुखसमेत हुन् ।

कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त भएको हो ।

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा नियुक्त भएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिए । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि गत साता सो पद पनि रिक्त भएको थियो । दुवै पदमा बुधबार कांगे्रस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले सो नियुक्ति गरेका हुन् ।

संसद्मा पार्टीको धारणा राख्ने, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर