४१ लाख ५५ हजार नगदसहित हुण्डी कारोबार गर्ने भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित हुण्डी कारोबार गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार प्रान्तअन्तर्गत पूर्वी चम्पारण जिल्ला, रक्सौल वडा नं. ११ का २५ वर्षीय राकेश कुमार छन् ।

उनलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।

शंका लागेपछि भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको बीआर०५एन ०२३८ नम्बरको हिरो होण्डा ग्लेमर मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको सिटमुनि र ट्यांकीमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।

फेला परेको रकम बरामद गरी उनले चलाएको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगी उनीमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर