विराटनगरबाट युरेनियमजस्तो पदार्थसहित १५ जना पक्राउ

युरेनियमजस्तो देखिने पदार्थसहित मोरङको विराटनगरबाट १५ जना पक्राउ परेका छन् । ८ जना आइतबार र ७ जना मंगलबार पक्राउ परेका हुन् ।

आइतबार विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकमा रहेको ‘ठूल्दाइको होटल’ मा कोठा लिएर बसेका ८ जनालाई विशेष सूचनाको आधारमा १ किलो ८७.३ ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त दिन पक्राउ पर्नेमा मोरङ घर भएकामात्रै पाँच जना छन् । मोरङको विराटनगर महानगरपलिका–१२ का ४६ वर्षीय फटिककुमार कार्की, धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासवान, ४४ वर्षीय लक्ष्मण शर्मा, ४३ वर्षीय प्रदीप पुरी, सोही गाउँपालिका–४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलीपकुमार शर्मा पक्राउ परेका हुन् ।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–७ का ३५ वर्षीय गोपाल मगर र खोटाङको हलेसी नगरपालिका–९ का ३२ वर्षीय किरण राई पनि सोही दिन पक्राउ परेका हुन् ।

त्यस्तै मंगलबार दिउँसो साढे १२ बजे विराटनगर महानगरपालिका–३ स्थित दूध फारमबाट विशेष सूचनाको आधारमा ९७८.६ ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित ७ जना पक्राउ परेका छन् ।

उक्त दिन पक्राउ पर्नेमा मोहत्तरी घर भएकामात्रै तीन जना छन् । महोत्तरीको मङ्हा नगरपालिका–६ का ४२ वर्षीय अब्दुलगनी खान, बर्दिबास नगरपालिका–१२ का ३० वर्षीय चन्दनकुमार महतो, मनराषिशवा नगरपालिका–३ का ४९ वर्षीय उमेशप्रसाद यादव पक्राउ परेका हुन् ।

मोरङको ग्रामथान गाउँपालिका–३ का ५५ वर्षीय रवीन्द्र गच्छदार, गोरखाको गण्डकी गाउँपालिका–८ का ४५ वर्षीय जीवन गुरुङ, मकवानपुरको बागमती गाउँपालिका–५ का ३६ वर्षीय दीपकबहादुर भ्लोन र सिन्धुलीको कमलामाई नगरपालिका–५ का २८ वर्षीय श्याम घिमिरे पनि सोही दिन पक्राउ परेका हुन् ।

प्रहरीकाअनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर