सशस्त्र प्रहरी जवान नविन आले बने ‘सुपर वेस्ट स्नाइपर’

सशस्त्र प्रहरी बल नेपालको विशेष कार्यदल बगलामुखी काठमाडाै‌ संचालित स्नाइपर तालिममा सशस्त्र प्रहरी जवान नविन आले सर्वोत्कृष्ट भएका छन् । तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिनोदराज श्रेष्ठले बुधवार गणमा आयोजित एक कार्यक्रमका बीच समापन गरे ।

उनले तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी जवान नविन आले र चाँदमारीतर्फ सर्वप्रथम भएका सरोज कुमार रामलाई पुरस्कार प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिएका थिए ।

पाँच हप्ता अवधिको उक्त तालिम १ जना महिला सहित कुल ३६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक सम्पन्न गरेका छन् ।

उनले यस्ता तालिमले फौजमा निखारपन ल्याई शारीरिक र मानसिक रुपमा चुस्त र दुरुस्त राख्ने बताउदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान, सिपलाई कार्यक्षेत्रमा पूर्ण व्यवसायिक भई कार्यसम्पादनको क्रममा उपयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डाँगीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्त, सिनियर तथा जुनियर अधिकृत लगायत सशस्त्र प्रहरी विल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर