बेलायतको प्रधानमन्त्रीका लागि सुनक र ट्रसबीच प्रतिस्पर्धा हुने

बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि ऋषि सुनक र लिज ट्रसबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ टोरी दलको नेता छान्नका लागि पाँचौ चरणको मतदानपछि पूर्ववित्त मन्त्री सुनक र विदेशमन्त्री ट्रसबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

ट्रसले झिनो मतान्तरले पेनी मोरडाउन्टलाई उछिने पछि सुनकसँग प्रतिस्पर्धामा पुगेकी हुन् । पेनी यसअघि साखै चर्चामा रहेकी नेता होइनन् । टोरीका सांसदले गरेको मतदानमा सुनकले १ सय ३८, ट्रसले १ सय १३ र पेनीले १ सय ५ मत प्राप्त गरेका छन् । अब सुनक र ट्रस मध्ये को पार्टीको नेता हुने हो पार्टी पङ्तीको मतदानबाट छनोट हुनेछ । ४२ वर्षिय भारतीयमुलका सुनक २ साताअघिसम्म बेलायतको वित्तमन्त्री थिए । उनले राजिनामा दिएपछि सरकार मन्त्री र सहयोगीहरुबीच प्रधानमन्त्री बोरिस जोन्सनको छाड्ने क्रम शुरु भएको थियो । उनको प्रतिस्पर्धी ट्रस ४६ वर्षकी छिन् ।
धेरै मन्त्री तथा सहयोगीले साथ छाडेपनि प्रधानमन्त्री जोन्सन राजीनामा दिन राजी भएका थिए । जोन्सनलाई प्रतिस्थापनका लागि ११ जना नेताहरुले चाहाना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर