विश्वविद्यालयमा तालाबन्दी अस्वीकार्यः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । काठमाडौं विश्वविद्यालय, व्यवस्थापन संकाय र खबर एजुकेशन डटकमले बिहिबार आयोजना गरेको उच्च शिक्षाको समस्या र समाधान विषयक छलफलमा उनले कुनै समस्या भएमा विश्वविद्यालयको नेतृत्वसँग वार्तामा बसेर समाधान गर्न र नियमित पठनपाठनमा असर पर्नेगरी तालाबन्दी नगर्न विद्यार्थी तथा प्राध्यापक पक्षसँग आग्रह गरे ।

मन्त्री पौडेलले सो क्रममा थप समस्या आएमा सहजीकरणका लागि मन्त्रालय तयार रहेको तर तालाबन्दी प्रथालाई मान्यता दिन मन्त्रालय असमर्थ रहने स्पष्ट पारे । उनले मुलुकभित्रका विश्वविद्यालयमा सर्वसुलभ, गुणस्तरीय र अनुसन्धानमुखी शिक्षा विस्तार गरेर पढ्न र कामका लागि युवा बिदेसिने क्रम न्यून गर्नुपर्नेमा पनि जोड दिए ।

मन्त्री पौडेलले विश्वविद्यालय र विद्यालय तहलाई एकआपसमा जोड्ने, स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले वर्षमा ९० दिन विद्यालयमा इन्टरर्नसिप गर्नेगरी कार्यविधि ल्याइने र विश्वविद्यालयको नियमनका लागि उच्च शिक्षा ऐन ल्याइने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर