बजेट प्रकरण छानबिन समितिको म्याद ७ दिन थप

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको हो ।

यअसघि आजै सिंहदरबारमा बसेको समितिको बैठकमा घटनाबारे सोधपुछ भएकोमा पूर्वअर्थमन्त्री शर्माले समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको यसको निचोड समितिले नै गर्ने बताएका छन् ।

बैठकमा शर्मा उपस्थित भएर छलफलमा भाग लिएका थिए । उनले सहजतापूर्वक समितिको प्रश्नको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिवद्धतासमेत जनाए ।

समितिले बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *