पोखरामा अज्ञात व्यक्तिद्वारा एटीएम मेसिन फोरेर १५ लाख चोरी

पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर रु. १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोरेर बुधबार राति रकम चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।

चोरले मेसिन फोरेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटीएममा रु. १७ लाख राखेकामा रु. दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइएको छ ।

पोखरामा केही दिनयता बैंकको एटीएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् । गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर