मौद्रिक नीति आज, राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै

आर्थिक संकटको कारण आममानिसले चासो साथ हेरेको आर्थिक वर्ष २०७९-०८०को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने विषयमा निर्णय गर्नका लागि शुक्रबार बिहान सञ्चालक समिति बैठक बोलाएको छ ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलापहरुलाई सहयो गर्ने राष्ट्र बैंकले मौद्रिक नीति तय गरेर जारी गर्छ । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

बढ्दो बजार भाउ नियन्त्रण, बैदेशिक मुद्राको सञ्चितिमा आएको कमी र शेयर बजारमा देखिएको गिरावटको कारण यसपटकको मौद्रिक नीति प्रति आम चासो रहेको छ । वैदेशिक मुद्राको सञ्चित घट्न नदिन विभिन्न बस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्र बैंकको गभर्नरको अध्यक्षमा रहेको सञ्चालक समितिमा अर्थ सचिव,२ जना डिपुटी गभर्नर, सरकारले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रबाट नियुक्त गरेको तीन जना सदस्य सञ्चालक समितिको सदस्य हुन्छन् ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको विषयमा जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *