नागरिकता विधेयक निर्णयार्थ आज संसदमा प्रस्तुत गरिदै

लामो समयदेखि विवादमा रहेका नागरिकता संशोधन सम्बन्धी विधेयक  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत प्रस्तुत हुने भएकोछ । आम चुनावको मिति  घोषणाअघि सरकारले फाष्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्न खोजेको हो ।

संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा नागरिकता विधेयकमाथि छलफल र पारित गर्नका लागि गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव पेस गर्नेछन् ।

संसद सचिवालयले शुक्रबार बिहान जारी रहेको प्रारम्भीक कार्यसूचीमा  ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९’ माथि र त्यसको संशोधनमाथि छलफल हुने  उल्लेख छ । त्यसैगरी आजै विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले २२ महिना लगाएर टुंग्याएको विधेयक सरकारले फिर्ता लिएर नयाँ विधेयक असार २४ गते दर्ता गरेको हो।

समितिले यसअघि टुंग्याएको विधेयकमा विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेमा विवाह गरेको सात वर्ष कुर्नुपर्ने प्रस्ताव अघिल्लो साता बहुमतले पारित गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *