चीनले भुटानभित्र र भारतीय सीमामा बनायो नयाँ गाउँ

चीनले दोक्लामभन्दा पूर्व रहेको भुटानी भूभागमा गाउँ निर्माण गरेको छ ।

पछिल्लो समयमा सार्वजनिक भएको स्याटलाइट तस्बिरहरुमा भुटानी भूभागमा चीनले गाउँ निर्माण गरेको देखिन्छ । कतिपयले यो ठाउँ भारत चीनबीच विवादको नयाँ विन्दु बन्न सक्ने अनुमान गरेका छन् ।

अमेरिकाको म्याक्सर टेक्नोलोजिजले सार्वजनिक गरेको तस्विरहरुमा चीनले पाङदा भन्ने गरेको गाउँ दोक्लमभन्दा ९ किलोमिटर मात्रै पर रहेको देखाएको छ ।

भुटान, भारत र चीनको त्रिदेशीय बिन्दु दोक्लाममा भारतीय र चिनियाँ सैनिकबीच सन् २०१७ मा झडप भएको थियो ।

भुटानले आफ्नो भनेर दावी गर्दै आएको रणनीतिक दृष्टिले महत्वपूर्ण सो भूभागमा चीनले सडक विस्तार गर्न खोजेपछि विवाद सिर्जना भएको थियो ।

नयाँ स्याटलाइट तस्बिरहरुमा पुरै बसोबास रहेको देखिन्छ । त्यहाँ रहेका सबै जस्तो घरको अघि कारहरु पार्किङ गरेको देखिन्छ। भुटानविरुद्ध ‘जमिन अतिक्रमण गर्ने आक्रमक नीति’ लिएको चीनले सो गाउँ साथै त्यस बाह्रै महिना सञ्चालन हुने सडक निर्माण गरिएको छ ।

सो सडकले दोक्लाम पहाडसम्म चीनको पहुँच दिने छ । गत वर्षको अक्टोबरमा भुटान र चीनबीच सीमा समस्या समाधानको वार्तालाई तीव्रता दिने सम्बन्धी ‘तीन चरणको मार्गचित्र’मा हस्ताक्षर भएको जियो ।

भुटान र चीनबीच करिब ४ सयभन्दा किलोमिटर लामो सीमा रहेको छ । दुवै देशबीच सीमा समस्या समाधानका लागि २४ चरणको वार्ता भैसकेको छ । दुवै पक्षका ‘विज्ञ समूह’स्तरको वार्ता पनि चरणमा भैसकेको छ । दोक्लाम भारत र चीन दुवैका लागि सुरक्षा दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ ।

भुटानी भूभागमा निर्माण गरिएको गाउँको बारेमा बिहीबार भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले आवश्यकताअनुसार सबै प्रकारको कदम चाल्ने बताए ।

‘सरकारले भारतको सुरक्षालाई प्रभावित पार्ने सबै विकासक्रमलाई निरन्तर रुपमा हेरिरहेको छ र आवश्यक सबै कदमहरु उठाउनेको विषयलाई सुनिश्चित गर्न चाहान्छु’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *