![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
महोत्तरीमा कोदालो प्रहार गरेर काकाको हत्या, भतिजा पक्राउ
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![महोत्तरीमा कोदालो प्रहार गरेर काकाको हत्या, भतिजा पक्राउ](https://www.pardafas.com/wp-content/uploads/2022/06/Arrest.jpg)
महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टकाअनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
बिहिबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकोमा प्रहार गरेर हत्या गरेका थिए । रामनाथले काका रामबहादुरको टाउकोमा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै रामबहादुरको मृत्यु भएको थियो ।
प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा लगेको छ भने काकाको हत्या गर्ने भतिजालाई पनि घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
प्रतिक्रिया