नवनियुक्त भारतीय राष्ट्रपतिलाई राष्ट्रपति र प्रधानमन्त्रीकाे बधाई*

भारतमा बिहीबार  निर्वाचित १५ औं राष्ट्रपति द्रौपदी मुर्मूलाई राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुले बधाई तथा शुभकामना दिएका छन् ।

भारतमा १५औं राष्ट्रपतिका लागि भएको निर्वाचनमा मुर्मूलाई भारतीय जनता पार्टी नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले मुर्मूलाई राष्ट्रपति उम्मेदवार बनाएको हो । त्यस समयमा मुर्मू झारखण्ड राज्यको गभर्नर थिइन् । लोकसभा तथा राष्ट्रियसभाका सांसद, प्रदेश विधायकहरुले राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।

उडिसाकी ६४ वर्षकी मुर्मू भारतको सर्वोच्च पदमा निर्वाचिन हुने पहिलो आदिवासी महिला हुन् । भारतको सर्वोच्च पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।
२० जुन १९५८ मा मयूरभंज जिल्लाको बैदापोसीमा गाउँमा मुर्मूको जन्म भएको थियो । उनका पति विरंचीनारायण टुडू गाउँका मुखिया थिए ।

स्नातकसम्मको अध्ययन गरेकी मुर्मूले कुनै समयमा उडिशा सरकारमा ‘क्लर्क’ थिइन् । राजनीतिमा आउनका लागि उनले सो पदबाट राजीनामा दिएकी थिइ्न् ।

उनले सिंचाइ र ऊर्जा विभागमा जुनियर सहायक भएर कामसमेत गरिन् । पछि उनी शिक्षण पेशामा समेत आबद्ध भइन् ।

उनी भाजपाको टिकटबाट सन् २००० देखि सन् २००९ सम्म दुईपटक उडिसा विधानसभामा निर्वाचित भइन् ।

उनले उडिशाको मन्त्रिमण्डलमा समेत काम गरिसकेकी छन् । उनी दुई कार्यकाल विधायक र दुईपटक मन्त्री भइसकेकी छन् ।

सन् २००७ मा उनलाई उडिशामा सर्वश्रेष्ठ विधायकका रुपमा नीलकण्ठ अवार्ड प्रदान गरिएको थियो । उनका पति र दुई छोराको निधन भएको छ । उनको एकमात्रै विवाहित छोरी छिन् ।

जुलाई २५ मा नवनिर्वाचित राष्ट्रपति मुर्मूको सपथग्रहण हुनेछ ।

*सच्चाइएकाे यसअघिकाे समाचार शिर्षक र विषयवस्तु अन्यथा भएकाले केही मेटिएकाे र थपिएकाे छ । भुलवस हुन गएकाे गल्तीका लागि क्षमा चाहन्छाै – सम्पादक

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर