गलत सूचनाले नागरिकमा भ्रम सिर्जना गर्छ, यसलाई रोक्नुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरूसँग आग्रह गरेका छन् ।

शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्यांकन गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका हुन् ।

उनले संसदमा विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय हुने भन्दै यसलाई छलफलमा भएका कुरालाई सही ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्न आवश्यक रहेको बताए । उनले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर