नेपाली सेनाबाट कार, कंगो र लेबनान मिशनमा खटिने कमाण्डर र टोलीको छनौट

नेपाल सेनाले संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापानार्थ खटिने नेपाली शान्ति सैनिकहरुका तीन मिशनका लागि खटिने फौजहरुको छनौट गरेको छ ।

सैनिक सचिव विभागले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिशन कार (मिनुस्का) , प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघको मिशन (मोनुस्का) र लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल (युनीफील) का लागि गणसहितको टोली छनौट गरेको हो ।

सचिवालयले मिनुस्का मिशनका लागि भवानीबक्स गणको पाँचौ डफ्फा एडभान्स पार्टी छनौट गरेको छ । प्रमुख सेनानी रितबहादुर रानाभाटको नेतृत्वमा २८ जना छनौट गरिएको छ । यो टोलीमा प्रमुख सेनानी रानाभाट गणपति छन् भने सहायक गणपतिमा सेनानी आदित्य कार्की छनौट भएका छन् ।

यस्तै मोनुस्का मिशन कंगोका लागि नरसिंह दल गणको शान्ति सैनिक २९ औं डफ्फा छनौट भएको छ । जसमा प्रमुख सेनानी पारसविक्रम शाह नर्दन सेक्टर कमाण्ड हेडक्वार्टर र गणपतिमा प्रमुख सेनानी गोविन्द भुजेल र सहायक गणपतिमा सेनानी कमल थापा छनौट भएका छन् । यो टोलीमा ४५ जना रहेका छन् ।

युनीफील मिशन लेबनानका लागि पुरानो गोरख गण शान्ति सैनिक ६४ औं डफ्फा छनौट गरिएको छ । प्रमुख सेनानी अनिलकुमार बुढाथोकी गणपति र सहायक गणपतिमा सेनानी शुशील बानियाँ छनौट भएको यो मिशनमा ४८ जना रहेका छन् ।

हेरौं छनौट भएका टोलीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर