
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने बताएका छन् ।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार हेटौँडामा उद्घाटन गर्दैै उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए ।
‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस्,’ प्रधानमन्त्री देउवाले भने, ‘निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’
उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगत्ले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे ।
‘परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूूर्ण रहेको छ,’ देउवाले भने ।
कोभिड–१९ मा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने उल्लेख गरे । लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए ।
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
- प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली
प्रतिक्रिया