इण्डो प्यासिफिक कमाण्डले आयोजना गर्ने सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन प्रधानसेनापति शनिवार अष्ट्रेलिया जाने

प्रधानसेनापति प्रभुराम शर्मा संयुुक्त राज्य अमेरिकाको इण्डो प्यासिफिक कमाण्डले आयोजना गरेको सेना प्रमुखहरुको विश्व सम्मेलनका लागि शनिवार त्यसतर्फ प्रस्थान गर्न लागेका छन् ।

अष्ट्रेलियाको सिडनीमा अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा ९ देखि ११ साउनसम्म सम्मेलन आयोजना हुनेछ ।

प्रधानसेनापति शर्माको भ्रमणलाई ३१ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

२०५६ देखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको उक्त सम्मेलन मा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयहरुमा छलफल हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने जनाएको छ ।

अष्ट्रेलिया जानुुअघि प्रधानसेनापति शर्मालाई शुक्रबार नेपाली सेनाको एक टुकडीद्वारा जंगी अड्‍डामा सम्मान गारत अर्पण गरिएको थियो । प्रधान सेनापति शर्माको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

सेनाले यस्ता छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्‍भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर