राजनीतिक दौडधुपमा लागेका प्रचण्डले भने- अब देशको नेतृत्व माओवादीले गर्छ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गरे । उनले नेकपा माओवादी पुनः एकपटक पुनर्स्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनर्स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताए ।

अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता/कार्यकर्ताको संख्या बढिरहेको भन्दै यो नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा प्राप्त गर्ने संकेत रहेको बताए ।

‘हाम्रै जोडबलमा आज नागरिकताबारे निर्णय हुँदैछ । आन्दोलनमा खेलेको भूमिकालाई कतै कमजोर हुन दिने छैन,’ अध्यक्ष दाहालले भने, ‘नेपालमा विभेदमा भएका, पछि परेका वर्ग, समुदायको उत्थानका लागि नै माओवादीको आन्दोलन सुरु भएको हो । कहीँ न कहीँ एउटा निकै ठूलो डिजाइनअन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्टा गरियो । माओवादीको आन्दोलनलाई कतै म कमी आउन दिने छैन ।’

भारत भ्रमणबाट फर्केपछि राजनीतिक दाैडधुपमा लागेका उनले दिल्लीबाट प्रधानमन्त्रीमा आलाेपालाेकाे विषय उठाएका थिए । नेपाल फर्केर उनी बाम गठबन्धन र समाजवादी केन्द्रकाे निर्माणमा सक्रिय छन् । उनले अहिलेकाे गठबन्धनकाे निरन्तरतासँगै बाम एकतामा जाेडबल गरिरहेका छन् ।

राजनीतिक विश्लेषकहरु यसलाई प्रचण्डकाे निर्वाचन अघि पार्टी र आफुलाई मजबुत प्रस्तुतगर्ने र बनाउने पुरानै शैलीका रुपमा ब्याख्या गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर