चुनावलाई लक्षित गरेर वृद्ध भत्ताको उमेर हद घटाइयो : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताएका हुन् ।

उनले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ ? भनी सरकारलाई प्रश्नसमेत गरे । उनले कांग्रेस नेतृत्वको विगतका सरकारप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दाहोर्‍याए ।

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरूको प्रवद्र्धनलाई बढावा दिने नीति लिएको बताए । आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरूलाई ओलीले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर