एमाले नेकपाकै निरन्तरता : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन नसकेको बताएका छन् ।

सुर्खेतमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गरेका छन् ।

‘चुनावमा आफूले टिकट पाए ठीक, अरूले पाए बेठीक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो,’ उले भने, ‘आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचारप्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो । यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।’

एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरू सधैँ जनताको बीचमा देखिनुपर्ने बताए ।

‘पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *