शनिबार डेढ लाख डोज कोभिड खोप ‘डेट एक्स्पाएर्ड’

कोभिड १९ को चौथो चरणको महामारीको संकेत देखिदै गर्दा नेपालमा कोभिडविरुद्धको खोप कार्यक्रममा भने सुस्तता देखिएको छ । जसको कारण शनिबार मात्रै डेढ लाख डोज खोपको म्याद गुज्रिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
तीनै तहका सरकारबीच समन्वयको अभावको कारण खोप खेर गएको हो । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार वाग्मती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो ।
बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ। बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ। बुधबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ सय ८० र गण्डकी प्रदेशमा २ हजार ५ सय ७० कोभिसिल्ड खोप मौज्दात रहेकामा सबैको म्याद शनिबारै सकिएको छ । बुधबारदेखि शुक्रबारसम्म तीमध्ये कति खोप लगाइयो भन्ने तथ्यांक विभागसँग छैन ।

नेपालले हालसम्म १ करोड ८३ लाख ८७ हजार ६ सय मात्रा खोप खरिद गरेको छ भने कोभ्याक्स र अनुदानबाट ४ करोड ५ लाख ४ हजार ३ सय ७० मात्रा प्राप्त गरेको छ।
यसरी कुल ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा नेपाल आएकामा ४ करोड ८७ लाख १९ हजार १ सय ३७ मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांक छ।
कोभिसिल्डबाहेकका अन्य खोपको म्याद भने बाँकी नै छ। विभागले सबै प्रदेशको खोप मौज्दातको विवरण प्रदान गर्न सकेन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *