प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, टुंगिएला नामकरणको विषय ?

प्रदेश नं १ प्रदेश सभाको बैठक आइतबार बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीकाअनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।

दलहरू जारी अधिवेशनबाटै प्रदेश १ को नामकरणको कसरतमा भए पनि सहमति जुट्न नसक्दा नामकरणको विषय पेचिलो बन्दै गएको छ ।

प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नामसमेत टुंग्याउन सकेको छैन ।

प्रदेशमा तीन जना मुख्यमन्त्री परिवर्तन भइसक्दासमेत प्रदेशको नामकरण नहुँदा सरकारको चर्को आलोचना हुँदै आएको छ ।

हाल विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पक्षधर पार्टीहरूले भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर