
युक्रेनको डोनबास क्षेत्रमा झडप, दुई अमेरिकीको मृत्यु


युक्रेनको पूर्वी डोन्बास क्षेत्रमा दुई अमेरिकीको मृत्यु भएको अमेरिकी राज्य विभागले बताएको छ ।
युक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धमा महिनौँपछि आक्रमणलाई थप केन्द्रित गरेपछि त्यहाँ झडप भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेनले पहिलेको सैन्य प्रशिक्षणको फरकफरक किसिमका स्वयम्सेवकहरूका लागि अन्तरर्राष्ट्रिय सैन्य दलमा भर्ती गरेको छ । यद्यपि, विदेश मन्त्रालयले मृतक अमेरिकीहरू लडाइँका लागि युक्रेन पठाइएका थिए वा थिएनन् भन्नेबारे केही उल्लेख गरेको छैन ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, “हामी युक्रेनको डोन्बास क्षेत्रमा हालै दुई अमेरिकी नागरिकको मृत्युको पुष्टि गर्न सक्छौं । हामी परिवारसित सम्पर्क राख्दैछौं र सम्भाव्य कन्सुलर सहयोग प्रदान गर्दैछौं ।”
मन्त्रालयले ‘यस कठिन समयमा परिवारहरूको दुःखमा समवेदना प्रकट गर्नुबाहेक तत्काल थप केही जानकारी दिन असमर्थ भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेश विभागले अमेरिकी नागरिकहरूलाई यस द्वन्द्वमा भाग लिन युक्रेन नजान सुझाव दिएका छन् ।
- न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा फेरि विश्वासको मत दिँदैछौं : रास्वपा
- भारत र जापानका प्रधानमन्त्रीबीच भेट, इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ रणनीति अपनाउने घोषणा
- गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
प्रतिक्रिया