सरकारको अलमलले स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठ्यो : सांसद पन्त

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरूले उक्त कार्यक्रम स्थगित गरिरहेको बताइन् ।

उनले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको बताइन् ।

सांसद पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने पनि बताइन् । यसको लागि प्रदेश र स्थानीय तहका सरकारका साथसाथै विभिन्न संघसंस्था र आम नागरिकलाई समेत परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

उनले कोभिडविरुद्धको खोप अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिइन् । सांसद पन्तले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धी र आगामी चुनौतीहरू समेटेर श्वेतपत्र जारी गर्न सरकारसमक्ष आग्रह गरिन् ।

साथै विश्वमा मंकिपक्सको संक्रमण पनि बढिरहेकाले नेपाल यसतर्फ पनि सचेत हुनुपर्ने उनले बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर