किसानलाई विद्युत पूर्ण रूपमा छुट गराउन माग

जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबुकुमार यादवले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा पानी नपरेर मधेस प्रदेशका किसानहरु समस्यामा परेको बताए ।

उनले बन्द रहेका नहरहरू सञ्चालन गर्न, बन्द भएका डीप ट्वीवेलहरूमा मोटर जडान गरी सञ्चालन गर्न र विद्युत जडान गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले किसानलाई विद्युत पूर्ण रूपमा छुट गराउनुपर्ने बताए ।

उनले बैंकले कृषिमा लगानी बन्द गरेको भन्दै यसले किसानहरु मारमा परेको बताए । सांसद यादवले किसानलाई प्रतिबिगाहा १० हजार रुपैयाँका दरले राहत दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर