वैदेशिक रोजगारीमा देखा परेका समस्या समाधान गर्ने आश्वासन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल कैलालीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अवैधानिक रूपमा विदेशमा काम गर्न गएका र त्यहीँ मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताए । उनले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाए ।

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागि परेको बताए ।

धेरै विकृति विसंगति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *