रुपन्देही कल सेन्टर प्रकरण : देशभर फैलियो चिनियाँ ठगीको जालो

चिनियाँ माफियाको लगानीमा नेपाली भूमि प्रयोग गरेर भारतसहित तेस्राे देशका नागरिक ठगीकाे सञ्लाल देशब्यापी बन्न थालेकाे छ । रुपन्देही प्रहरीले  तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेपछि एकै प्रकारकाे ठगीकाे क्षेत्र बिस्तार भएकाे खुलेकाे हाे ।

जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिई कल सेन्टर खडा गरेर ठगी गरेको सूचनापछि छापा मारेर प्रहरीले एक भारतीय नागरिकसहित ९ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै त्यहाँ काम गर्ने २ सय भन्दा बढीसँग साेधपुछ भएकाे छ ।

पक्राउ परेकाहरू कल सेन्टरको लगानीकर्ता र सहजकर्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुका विषयमा थप अनुसन्धान भइरहेकाे छ ।

ठगिनेमा सबै भारतीय नागरिक छन् । भारतीयको आधार कार्ड, स्थायी लेखा नम्बर र बैंक खाता नम्बर माग्दै ठगी गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

ठगीकै लागि चिनियाँहरुले बनाएकाे एप्समार्फत ऋण लिन सकिने भन्दै विज्ञापन नै गरिएको थियो । उक्त विज्ञापनमार्फत भारतीय नागरिकहरू त्यो एप्लिकेशनमार्फत कम्पनीको सम्पर्कमा आउने र चिनियाँ नागरिकमार्फत ऋण लिने गर्दथे ।

एप्समा निवेदन गरेपछि खाता नम्बर माग्ने र चिनियाँ नागरिकले खातामा रकम पठाइदिने गरेको पाइएको छ ।

सेन्टरबाट भारतीय सर्वसाधारणलाई थोरै रकमको कर्जा दिने र तोकिएको भाकामा फिर्ता नगरे पीडितको मोबाइल ह्याक गरी अश्लील तस्वीर/भिडियो पठाएर ब्ल्याकमेल गर्ने गरेको बुझिएको छ ।

जसका लागि गिरोहले कर्जा दिनुअघि आफैंले निर्माण गरेको व्हाट्स एपजस्तै एप डाउनलोड गर्न लगाए ।मोबाइल ह्याक गर्ने गरेको पाइएको छ ।
पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखेर थप सोधपुछ भइरहेको एसपी पोखरेलले बताए । उनीहरुले प्रारम्भिक बयानमा यसका नाइके चिनियाँ भएकाे र केही नेपालीसँगकाे साँठगाँठमा धन्दा फैलिएकाे बताएका छन् । जसमा केही पत्रकार समेत सहयाेगी रहेकाे उनीहरुले खुलाएका छन् ।

यसअघि गत वर्ष पनि यस्तै किसिमले काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको सानोठिमीमा नेपालीका नाममा कम्पनी खोलेर चिनियाँहरूले भारतीयहरूलाई ठगी गर्ने गरेको पाइएको थियो ।

ती घटनामा गत वर्ष फागुन ८ गते मध्य बानेश्वरबाट ३६ नेपालीसहित एक चिनियाँ नागरिक पक्राउ परेकोमा त्यसको भोलिपल्ट फागुन ९ गते सोही प्रकारले कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा सानोठिमीबाट एक चिनियाँ नागरिकसहित ८० जना नेपाली समातिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर